कञ्चनपुर- कञ्चनपुर महाकाली नगरपालिका–१ कञ्चनभोजका ५० वर्षीय सुशील थापा बसभित्रै मृत फेला परेका छन्। थापा कास्कीको पोखरास्थित विद्युत् गृहमा मजदुरका रुपमा काम गरी घर फर्कंदै थिए।
कास्कीको पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ४ ख ८८४९ नं को बसभित्र उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकोे अर्जुनी चेकपोस्टमा बसको बोनटमा सुतेका थापा चेकजाँचका क्रममा नउठेपछि प्रहरीलाई खबर गरिएको थियो।
मृतक थापासँगै उनका दुई जना आफन्त पनि गाडीमा थिए। थापा लामो समयदेखि क्षयरोगले ग्रस्त रहेको प्रहरीको भनाइ छ। शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ।
सम्बन्धित खबर
रवि लामिछानेलाई काठमाण्डौ लैजाने तयारी, हिजो लगिएन
सरकार बीआरआई सम्झौता गरिहाल्नुपर्छ भन्नेमा छैन: सञ्चारमन्त्री गुरुङ
अवरुद्ध राहदानी सेवा सञ्चालन,आजदेखि परीक्षणको काम सुरू
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
अहिलेको सरकार जनताको सरकार हो, मेरो कोही छैन भन्नेका निम्ति राज्य छ: प्रधानमन्त्री ओली
चीनसँग ऋणसम्बन्धी सम्झौता नहुने
यो पनि पढौँ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम