पोखरा – कोरोना संक्रमणका कारण पोखरामा आज थप दुई जनाको मृत्यु पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका निवासी ५१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको हो ।
गएको चैत्र २३ गते कोरोना पोजेटिभ भएर उपचारका लागि चरक मेमोरियल अस्पताल भर्ना भएका उनको आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक पुरुषमा निमोनिया र मृगौलामा समस्या रहेको अस्पतालले जनाएको छ ।
यस्तै पोखरा महानगरपालिका निवासी ७८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ ।
गत चैत्र २० गते कोरोना पोजेटिभ देखिएर उपचारका लागि चरक मेमोरियल अस्पताल भर्ना भएका उनको सोमबार उपचारकै क्रममा मृत्यु भएको निर्देशनालयका प्रमुख डा: विनोद विन्दु शर्माले जानकारी दिए ।
आज मृत्यु भएका दुई संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २०७ पुगेको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ