स्पानिस ला लिगा अन्तर्गत चर्चित एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनालाई २-१ ले पराजित गरेको छ । यस जितपछि एट्लेटिको मड्रिड र बार्सिलोनालाई पछि पार्दै रियल अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ ।
घरेलु मैदान अल्फ्रेडो डी स्टेफानो मैदानमा रियलका लागि करिम बेन्जामा र टोनी क्रुसले गोल गरे । बेन्जामाले १३औं र क्रुसले २८औं मिनेटमा गोल गरेपछि रियलले पहिलो हाफमै २-० को अग्रता बनाएको थियो ।
दोस्रो हाफमा बार्सिलोनाले एक गोल फर्कायो । ओस्कार मिगुएजाले ६०औं मिनेटमा गोल गर्दै बर्सिलोनालाई खेलमा फर्काउने प्रयास गरेका थिए तर त्यसपछि थप गोल गर्न नसक्दा रियल विजयी भयो ।
९०औँ मिनेटमा रियलका कासेमिरो दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।
जितपछि ३० खेलबाट एट्लेटिको समान ६६ अंक जोडेको रियल हेड टु हेडको आधारमा एट्लेटिकोलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको हो । एक खेल कम खेलेको एट्लेटिको दोस्रोमा छ र शीर्ष स्थान फर्कने अवसर छ ।
३० खेलबाट ६५ अंक रहेको बार्सिलोना तेस्रो स्थानमा झरेको छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते