नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू नै प्रधानमन्त्री हुनुपर्छ भन्ने कुरा नभएको बताएका छन् । निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘ मैले आफ्नै पार्टीको प्रधानमन्त्री पनि चाहेको छैन । तर संख्या पुग्नुपर्यो नि । जोसुकै होस् । पहिला मान्छे तयार पारौँ न । संख्या पुग्नुपर्यो नि ।’
आफू सत्ता निर्माणको खेलमा नभए पनि सरकार नेतृत्वका लागि पार्टीले अगाडि सारेकोमा उनले पार्टीलाई धन्यवाद दिए । ‘सरकार बनाउन अग्रसर किन नहुने नि । कसलाई बनाउने हो म तयार छु । म आफू नै हुनुपर्छ भनेको पनि छैन । म नै हुनुपर्छ कहाँ भनेको छु मैले ?’ उनले भने ।
उनले अगाडि भने, ‘भोलि मन्त्रिमण्डल बनाउने कुरामा लडाइ झगडा होला । सबैलाई मन्त्री चाहियो । सबै साथीहरुले शेरबहादुर केही गरेन भनेपछि आज बैठक बोलाएको छु ।’
सम्बन्धित खबर
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम