पोखरामा करेन्ट लागेर एक युवकको ज्यान गयो

पोखरामा करेन्ट लागेर एक युवकको ज्यान गयो

bishal death

पोखरा – करेन्ट लागेर मंगलबार पोखरामा एक युवकको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका -३३ प्रगती मार्ग घर भइ हाल ग्लोबल प्लाष्टिक उद्योगमा काम गर्दै आएका वर्ष २३ का विशाल रायमाझीको उद्योगमै काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका उनलाई तत्काल नयाँबजारस्थित गण्डकी मेडिकल कलेज लगिएपनि उपचारका क्रममा उनको मृत्यु भएको हो ।

घटनाको जानकारी पश्चात खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds