माइतीमा छोरी रोकेको निहुँमा दैलेखमा एक ज्वाइँले सासु–ससुरालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्। नौमूले गाउँपालिका–४ कालिकाको कुइने टोलका ६३ वर्षीय ससुरा झपिलाल रोकामगर र ५५ वर्षीया सासु लालसरी रोकामगर माथि खुकुरी प्रहार भएको हो।
घरमा सुतिरहेका सासु–ससुरा माथि खुकुरी प्रहार गरी घाइते बनाएर भाग्दै गरेका नौमूले गाउँपालिका–४ कालिकाको सेलागाउँका २७ वर्षीय अनराम रोकामगरलाई प्रहरीले नौमूले गाउँपालिका–५ चिसापानीबाट पक्राउ गरेको छ।
सासु–ससुरा माथि खुकुरी प्रहरी गरी भागेर नौमूले बजारतर्फ जाँदै गरेका अनरामलाई साधा पोषाकका प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासत राखेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक ईन्द्रजीत सुनारले जानकारी दिए। आरोपित अनरामविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको प्रहरी निरीक्षक सुनारले बताए। खुकुरी प्रहारबाट घाइते झपिलाल र लालसरीको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था खतरामुक्त रहेको दैलेख अस्पतालका डा। जीवन ज्ञवालीले जानकारी दिए।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते