तनहुँको देवघाटमा बनिरहेको त्रिुशली नदीमाथिको पक्की पुल भत्किएको छ । देवघाट र चितवनको ठिमुरा जोड्ने दुई सय २० मीटरको पक्की पुल सोमबार राती भत्किएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर बनाउँदै गरेको पुल ढलान गरेको २१ दिनको दिनमा भत्किएको कार्यालयका प्रमुख कृष्ण अधिकारीले जानकारी दिए ।
उनका अनुसार साधारणतया २८ दिनमा पुलको ढलानका सपोर्ट निकाल्ने गरिन्छ । उनले प्रिस्टेसिङका क्रममा रहेको ४० मिटरको पुल भत्किदा अर्को बनिसकेको ४० मिटर भागसमेत भत्किएको छ ।
यसबारे विभागले थप अनुसन्धान थालिएको जनाएको छ । १६ करोडको लागतमा निर्माण सुरु गरिएको पुलको लागत अहिले नाकाबन्दी लगायतका कारणले बढेर २१ करोड पुगेको छ । २०७४ सालमा नै बनिसक्नुपर्ने पुल अझै निर्माण सम्पन्न भएको छैन ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते