पोखरामा जारी १९ औं संस्करणको प्रतियोगिता अन्तर्गत संकटा क्लबसंग पराजित हुँदै साविक विजेता मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ ।
सोमबार भएको खेलमा संकटाले मनाङलाई १-० ले पराजित गरेको हो । पोखरा रंगशालामा भएको खेलमा संकटालाई जिताउन विदेशी खेलाडी फोफो माले निर्णायक गोल गरे । उनले खेलको ४४ औं मिनेटमा गरेको गोल नै संकटालाई जिताउन पर्याप्त बन्यो ।
प्रतियोगिताअन्तर्गत अन्तिम क्वार्टरफाइनलमा मंगलबार थ्री स्टार र नेपाल पुलिस भिड्ने छन् । यसअघि नै विभागीय टोली एपीएफ क्लब र अफ्रिकन रुट एसोसिएसन सेमिफाइनलमा पुगिसकेका छन् ।
सहारा क्लबको आयोजना भइरहेको प्रतियोगितामा कुल ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते