फिर्के पुल क्षेत्रमा फेरि दुर्घटना, महानगरपालिका कर्मचारी सरस्वती गम्भिर घाईते

फिर्के पुल क्षेत्रमा फेरि दुर्घटना, महानगरपालिका कर्मचारी सरस्वती गम्भिर घाईते

firke

गण्डक न्युज पोखरा, १४ चैत / पोखराको जिरोकिलोमिटरदेखि विन्ध्यवासिनीसम्मको चार लेनको सबैभन्दा फराकिलो सडक । सो सडक खण्डमा दुर्घटनामा वृद्धि भएको छ । धेरैजसो त साँघुरो पुलका कारण फिर्के पुलमै खस्ने गरेको छ । यस्तै, फराकिलो बाटो भएका कारण सवारी स्पिड हुँदा दुर्घटना हुने गरेको छ ।

तीब्र गतिको जीपको ठक्करले पोखराकी महिला गम्भिर घाईते हुन पुगेकी छन् । मंगलबार बेलुकी ७ः२० बजे बाग्लुङ बसपार्कदेखि जिरोकिलोमिटरतर्फ गईरहेको ग१ज ६०९३ को जिपले पोखरा ५, फिर्के पुल नजिकै जेब्रा क्रसिङबाट बाटो काट्न लागेका महिलाको समूहलाई ठक्कर दिएको हो ।

ठक्करबाट पोखरा ४ निवासी सरस्वती पोखरेल पराजुली गम्भिर घाईते भएकी छन् । तीन जना बाटो काटेकोमा सावित्री क्षेत्रीलाई सामान्य चोट लागेको छ । ५० वर्षीया सरस्वती पोखरा लेखनाथ महानगरपालिका कार्यालयमा सामाजिक विकास शाखामा कार्यरत ना.सु हुन् ।

घाईते सरस्वती पराजुली

उनको टाउकोमा गहिरो चोट लागेकाले फिस्टेल हस्पिटलमा भर्ना गरी टाउकोको शल्यक्रिया नै गरिएको छ । उनको अवस्था निकै गम्भिर रहेको छ । सामाजिक क्षेत्रमा समेत उक्तिकै क्रियाशिल सरस्वती स्थानीय जनहित महिला समूहकी अध्यक्ष पनि हुन् ।

४५ वर्षीया क्षेत्रीको भने आँखामा चोट लागेको छ । स्पिडकै कारण यही चैत ७ गते मात्रै कास्कीको माछापुच्छ्रे ६ निवासी पानबहादुर क्षेत्रीको स्कुटर दुर्घटनामा मुत्यु भएको थियो ।

.

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ