दुई दिदी-बहिनी एकै ठाउँमा झुण्डिएको अवस्थामा मृत फेला

दुई दिदी-बहिनी एकै ठाउँमा झुण्डिएको अवस्थामा मृत फेला

sucide

सुर्खेतको पञ्चपुरीमा दुई दिदी-बहिनी मृत फेला परेका छन् । पञ्चपुरी नगरपालिका-६ बाबियाचौरमा बस्दै आएका दुई जना दिदिबहिनी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

१४ र १५ वर्षीय दिदीबहिनी झुण्डिएको अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

घर्तीकाअनुसार शुक्रबार बिहान ८ बजे घरबाट घाँस काट्न नजिकैको जंगलमा गएका उनीहरूलाई त्‍यहीँ ११ बजे झुण्डिएको अवस्थामा स्थानीयले देखेका थिए । १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया बालिका कक्षा ८ मा पढ्दै आएका थिए ।

दुईजना बालिकाहरू आफ्नो सानीआमा (आमाको बहीनी) कमला बादीको घरमा बसेर पढ्दै आएका थिए । स्थानीयले दुई बालिकालाई झुण्डिएको अवस्थामा भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको डिएसपी घर्तीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ