शुक्रबार कास्कीका १४२ जनाको परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि

शुक्रबार कास्कीका १४२ जनाको परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि

Corona update 1

पोखरा – शुक्रबार कास्कीका २५ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज कास्कीका १४२ जनाको स्वाब परीक्षण गर्दा पोखरा महानगरपालिकाका विभिन्न वडाका महिला पुरुष गरी २५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

यस्तै आज नै तनहुँका १५ जनाको परीक्षण गर्दा ब्यास नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको छ ।

आज पुष्टि भएका २७ संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ६ सय ५३ पुगेको छ, जसमा ३४२ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २० जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार १ सय ६ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा हालसम्म २०५ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds