भारतमा एकैदिन थप ८१ हजार नयाँ संक्रमित फेला, ४६८ जनाको मृत्यु

भारतमा एकैदिन थप ८१ हजार नयाँ संक्रमित फेला, ४६८ जनाको मृत्यु

corona death india

reuters image

भारतमा थप ८१ हजार ४४१ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा एकैदिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै हो ।

यसअघि हिजो ७१ हजार १८१ जनामा कोरोना पुष्टि भएकोमा पछिल्लो २४ घण्टामा ८१ हजार ४४१ जनामा कोरोना पुष्टी भएको वर्ल्डओमिटरले जनाएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २३ लाख २ हजार ११० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १५ लाख २२ हजार ८८४ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख १५ हजार ७९८ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६३ हजार ४२८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ४६८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds