सोमबार कास्कीका २२१ जनामा परीक्षण गर्दा ३२ जनामा कोरोना पुष्टि

सोमबार कास्कीका २२१ जनामा परीक्षण गर्दा ३२ जनामा कोरोना पुष्टि

covid-19-corona

पोखरा – आइतबार कास्कीका ३२ सहित गण्डकीमा थप ४५ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार जारी विज्ञप्ति अनुसार आज कास्कीका २२१ जनामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका विभिन्न वडाका ३१ जना र माछापुछ्रे गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै आज पर्वतका २० जनामा गरिएको परीक्षणमा कुश्मा नगरपालिकाका ५ जनामा कोरोना पुष्टि भएको छ ।

यता बाग्लुङ जिल्लाका १४ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको छ भने, म्याग्दी जिल्लाका ९ जनामा गरिको परीक्षणमा २ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ । आज पुष्टि भएका ४५ जनासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ५ सय २५ पुगेको छ ।  जसमा २८५ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३७ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ३५ पुगेको छ भने, संक्रमणकै कारण अहिलेसम्म गण्डकीबाट २०५ जनाले ज्यान गुमाएका छन्  ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds