आज अपराह्नपछि पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज अपराह्नपछि पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना

mausam

काठमाडौँ- स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ भने अन्य भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज अपराह्नपछि देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित फाट्टफुट्ट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार र मंगलबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले बिहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । अपराह्न पश्चात देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित फाटफुटरहल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित फाटफुटरहल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds