अनलाइन पत्रकार संघ गण्डकीको पदस्थापन, नयाँ सदस्यताको लागि आह्वान

अनलाइन पत्रकार संघ गण्डकीको पदस्थापन, नयाँ सदस्यताको लागि आह्वान

online patrakar

अनलाइन पत्रकार संघ गण्डकीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । संघको साधारण सभा तथा प्रथम अधिवेशनबाट चयन भएका पदाधिकारीहरुको शनिबार पदस्थापन भएको हो ।

पदस्थापन कार्यक्रममा संघका नि. सल्लाहकार रामजी प्रसाद लम्सालले अनलाइन सञ्चारमाध्यममा देखिएका समस्याको समाधान निकाल्न एकद्वार प्रणाली आवश्यक रहेको बताए । उनले भने –‘अनलाइन सञ्चार माध्यमलाई व्यवस्थित तथा सहज बनाउन एकद्वारा प्रणाली आवश्यक छ । अव दर्ता तथा नविकरण गर्न काठमाडौं नै जानुपर्ने बाध्यतालाई हटाउनुपर्छ । यसमा संघको नयाँ कार्यसमितिले महत्वपूर्ण भुमिका खेल्नुपर्छ।’

त्यसैगरि निर्वाचन समितिका संयोजक केशव पाठकले संघलाई अझ क्रियाशिल बनाउँदै अनलाइन सञ्चारमाध्यममा काम गरिरहेका पत्रकारलाई तालिम तथा प्रशिक्षण दिनुपर्ने औल्याए । संघले सवैले गर्व गर्न लाएक कार्यक्रमहरु ल्याउनुपर्ने उनको जोड थियो ।

त्यस्तै निर्वाचन समितिका सदस्य प्रकाश ढकालले संस्थाको हितका लागि संघ अगाडी बढ्नुपर्ने बताउँदै नवनिर्वाचित टिमलाई शुभकामना व्यक्त गरे ।

पदभार गह्रण गर्दै संघका अध्यक्ष कमल सुवेदीले अनलाइन सञ्चारमाध्यममा देखिएका समस्यालाई हटाउँदै थप व्यवस्थित बनाउने प्रतिवद्धता व्यक्त गरे । अनलाइनमा आवद्ध पत्रकारको पक्षमा संघले योगदान गर्दै जाने समेत उनले बताए ।

संघको फागुन २८ गते भएको अधिवेशनबाट अध्यक्षमा कमल सुवेदी, उपाध्यक्षमा सरिता तिमिल्सिना, सचिवमा सन्तोष बस्याल, कोषाध्यक्षमा अनिता घिमिरे र सदस्यहरुमा क्रमश सुरज थापा, शिव न्यौपाने, जैनव खातुन, अर्जुन थापा र राजु गिरी चयन भएका थिए ।

पदस्थापन पश्चात बसेको संघको पहिलो बैठकबाट सल्लाहकारहरु समेत चयन गरेको छ । जसमा गणेश बराल, केशव पाठक, रामजी प्रसाद लम्साल, प्रकाश ढकाल, दिनानाथ बराल, सागरराज तिमिल्सिना, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश र नेपाल पत्रकार महासंघ कास्की शाखा रहेको छ ।

त्यस्तै बैठकले २०७८ बैशाख १८ गते अन्तिम मिति राख्दै अनलाइन सञ्चारमाध्यममा आवद्ध पत्रकारलाई नयाँ सदस्यता आह्वान समेत गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds