काँग्रेस नेता नवीन्द्रराज जोशीको शुक्रबार साँझ निधन भएको छ । पूर्वमन्त्री समेत रहेका उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार साँझ ८ः२४ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ । जोशी इमान्दार छवि भएको नेताका रुपमा चिनिन्थे । २०७४ सालमा उद्योगमन्त्री हुँदा उनले छोटो समयमै राम्रो काम गरेका थिए ।
उनको निधन भएको खबरसँगै काँग्रेस नेताहरुको अस्पतालमा भिड लाग्न थालेको छ । जोशीमा मष्तिष्कघात भएपछि फागुन १४ गते नर्भिक अस्पतालमा भर्ना भएका थिए । मष्तिष्कघात हुँदा रक्तश्राव भई उनको टाउकोमा रगत जमेको थियो । शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार भएपनि पछि स्वास्थ्यमा पुनः समस्या देखिएसँगै भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।
अस्पतालका अनुसार शुक्रबार बिहानदेखि उनको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उनको निधन भएको नर्भिक अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. राजीव झाले बताएका छन् ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते