पछिल्लो २४ घन्टामा विश्वभर ६ लाखभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। यस्तै‚ सोही अवधिमा करिब १० हजार जनाको मृत्यु भएको छ।
ब्राजिलमा संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा झण्डै एक लाख संक्रमित थपिएका छन् भने दुई हजार ६३९ जनाको मृत्यु भएको छ। सोही अवधिमा अमेरिकामा ६२ हजार ६०० संक्रमित थपिँदा एक हजार २४ जनाको मृत्यु भएको छ।
छिमेकी मुलुक भारतमा पनि संक्रमण दर उकालो लागिरहेको छ। त्यहाँ एकै दिन ५९ हजार संक्रमित थपिएका छन् भने २५७ जनाको मृत्यु भएको छ।
त्यसैगरी फ्रान्समा ४५ हजार ६००, टर्कीमा २८ हजार ७००, इटलीमा २३ हजार ७००, जर्मनीमा २२ हजार २००, रसियामा नौ हजार २०० र बेलायतमा ६ हजार २०० संक्रमित थपिएका छन्।
विश्वमा हालसम्म कुल संक्रमितको संख्या १२ करोड ६० लाख ३३ हजार पुग्दा २७ लाख ६६ हजार २९८ जनाको मृत्यु भएको छ। यस्तै‚ १० करोड १७ लाख संक्रमित संक्रमणमुक्त भएका छन्।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम