माछापुछ्रे गाउँपालिकाको एकै वडाका १३ जनामा कोरोना पुष्टि, कास्कीमा थप २८ संक्रमित भेटिए

माछापुछ्रे गाउँपालिकाको एकै वडाका १३ जनामा कोरोना पुष्टि, कास्कीमा थप २८ संक्रमित भेटिए

Corona update 1

पोखरा – बिहीबार कास्कीमा थप २८ जनामा कोरोना पुष्टि भएको छ ।  पुष्टि भएका संक्रमित मध्ये कास्कीको    माछापुछ्रे गाउँपालिकाका एकै वडाका १३ जना रहेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज कास्कीका १२० जनामा गरिएको परीक्षणमा माछापुछ्रे गाउँपालिका वडा नं -४ का १० जना महिला र ३ जना पुरुषमा कोरोना पुष्टि भएको हो । केही महिनायता पोखरा महानगर बाहेक कास्की जिल्लाका अन्य स्थानमा कोरोना संक्रमितको संख्या शून्य थियो ।

यस्तै आज पुष्टि भएका अन्यमा पोखरा महानगर -४ का १ जना, पोखरा -५ का २ जना, पोखरा -८ का १ जना, पोखरा -१३ का २ जना, पोखरा -५ का १ जना, पोखरा -१० का १ जना, पोखरा -११ का १ जना, पोखरा -१५ का २ जना, पोखरा -१६ का १ जना, पोखरा -१६ का १ जना, पोखरा -१९ का १ जना, पोखरा -२६ का १ जना र पोखरा -२९ का १ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

यस्तै आजकै परीक्षणमा कास्की जिल्ला बाहिर तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिकाका वडा नं -४ मा १ जना र वडा नं -८ मा १ जनामा गरी आज गण्डकीमा थप ३० जनामा कोरोना पुष्टि भएको छ ।

आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ४ सय ५१ पुगेको छ, जसमा सक्रिय संक्रमित २६३ छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ५ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ९ सय ८३  पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०५ जनाले ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds