बच्चा जन्माएर दराजमा ! मृत भेटिएपछि पोखरामा पक्राउ परिन् अस्मिता

बच्चा जन्माएर दराजमा ! मृत भेटिएपछि पोखरामा पक्राउ परिन् अस्मिता

baby-death

पोखरा । अवैध सम्बन्धबाट जन्मेको बच्चालाई दराजमा लुकाएर राखेको आरोपमा एक युवती पोखराबाट पक्राउ परेकी छन् । दराजमा लुगामा गुटुमुटाएर लुकाएको बच्चा भने मृत भेटिएको छ ।

गत शनिबार राति ९ बजे सिन्धुपाल्चोककी २३ वर्षीया अस्मिता घलेलाई पोखरा १, स्थित अधिकारी टोलबाट नियन्त्रणमा लिइएको हो । उनी ७ महिना अघिदेखि पोखरामा बस्दै आएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

शिशुको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा रहेको छ । डिएसपी हमालले पोष्टमार्टम रिपोर्टपछि नै बच्चा मृत जन्मेको वा जन्माएर मारेकोबारे थाहा हुने बताएका छन् । सोहि अनुसार मुद्धा अघि बढ्ने उनले जनाए ।

उनले बयानमा आफ्नो श्रीमान् विदेशमा रहेको बताएकी छन् । र, एक पुरुषसँग सम्पर्कमा रहँदै आएको पनि उनले खुलाएकी छिन् । अनैतिक सम्बन्धका कारण नै घटना घट्न पुगेको प्रहरी निश्कर्ष छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds