प्रधानमन्त्रीलाई भेटेर विप्लवले भने- बन्दी रिहाइ कहिले गर्ने ?

प्रधानमन्त्रीलाई भेटेर विप्लवले भने- बन्दी रिहाइ कहिले गर्ने ?

kp oli biplob

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच सोमबार भेटवार्ता भएको छ ।

ओलीसँगको भेटमा महासचिव ‘विप्लव’ ले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न ढिला भएको गुनासो गरेका थिए।

दिउँसो १ बजे भएको भेटवार्तामा विप्लवले बन्दी रिहाइकै विषयमा चासो राखेका थिए। जवाफमा प्रधानमन्त्रीले मुद्दा नलागेका बन्दीहरू रिहा भइसकेको भन्दै मुद्दा लागेकाको अदालती प्रक्रिया हुने भएकाले ती प्रक्रिया चाडै पुरा भएर बन्दी रिहा हुने जानकारी दिए।

नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच गत फागुन २० गते नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका नेकपाका नेता र कार्यकर्ता रिहाई गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds