पोखरा – कास्की प्रहरीले अवैध लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीको टोलीले पोखरा -३० पावरहाउस स्थित पृथ्बीराजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा दुई जनालाई पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार पक्राउ पर्नेमा तनहुँ जिल्ला भानु नगरपालिका वडा नं -७ स्थायी घर भई हाल जिल्ला रुपन्देही सिद्धार्थ नगरपालिका वडा नं- ९ गोलिगढ बस्ने २० वर्षीय चुडामडी खतिवडा र सोही ठेगाना भई वडा नं – ३ भैरहवा बसपार्क बस्ने १९ वर्षीय गुलाम हुसेन रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट डाईजापान १०० एम्पुल, फेनेरागन – १०० एम्पुल र नुर्फिन ९९ एम्पुल गरी जम्मा २९९ एम्पुल लागु औषध र २ थान मोवाइल समेत वरामद गरेको छ ।
प्रहरी नियन्त्रणमा रहेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान शुरु गरिएको हमालले जानकारी दिए ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ