आइतबार पोखराका ७ सहित गण्डकीमा थप १४ जनामा कोरोना पुष्टि, १८ जना कोरोनामुक्त

आइतबार पोखराका ७ सहित गण्डकीमा थप १४ जनामा कोरोना पुष्टि, १८ जना कोरोनामुक्त

Gandaki covid corona 2

पोखरा – आइतबार पोखराका ७ सहित गण्डकीमा थप १४ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका १७४ जनामा गरिएको परीक्षणमा थप १४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ४ जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरका ७ जना, पर्वतका १ जना, बाग्लुङका ४ जना र म्याग्दी जिल्लाका २ जनामा कोरोना पुष्टि भएको छ । आज पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ३ सय २४ पुगेको छ, जसमा १७६ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १८ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ९ सय ४३ पुगेको छ भने संक्रमणकै कारण गण्डकीमा २०५ जनाले ज्यान गुमाईसकेका छन्  ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds