जीप दुर्घटना हुँदा चालकसहित ३ जना घाइते

जीप दुर्घटना हुँदा चालकसहित ३ जना घाइते

accident

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-२ चुत्राबेंसीमा जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।

सन्धिखर्क नगरपालिका-९ अर्घाबाट सन्धिखर्क आउँदै गरेको लु. १ ज ४५३८ नम्बरको जीप चुत्राबेसींको जनज्योती माविनजिकै आइतबार बिहानै दुर्घटना भएको प्रहरीले बताएको छ ।

गम्भीर घाइते सन्धिखर्क ९ अर्घाका ४२ वर्षीय चालक ठगबहादुर घर्ती र ६६ वर्षीय सीता खत्रीलाई थप उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवल पठाइएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ