पोखरा – पोखराको अमरसिंह चोकबाट एक व्यक्ति अवैध लागु औषध सहित पक्राउ परेका छन् ।
शनिबार बिहानै अन्दाजी ५ बजेको समयमा पोखरा महानगरपालिका -१० अमरसिंह चोकमा पैदल हिंडिरहेका भारत उत्तर प्रदेश घर बताउने २८ वर्षीय जयरामलाई लागु औषधसहित वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको मोबाइल प्रहरीको टोलीले पक्राउ गरेको हो ।
शंकासपद अवस्थामा हिंडिरहेका उनलाई प्रहरीले चेक जांच गर्दा कालो झोलामा बोकेको अवैध नुर्फिन-५५ एम्पुल, डाईजेपाम-५६ एम्पुल र फेनारगन-५४ एम्पुल गरी जम्मा १६५ एम्पुल र नगद अठ्ठाईस हजार तीन सय पैंसठ्ठी रुपैयाँ सहित नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ