अमेरिकी राष्ट्रपति जो बाइडेनको एउटा भिडियो सोसल मिडियामा चर्चाको विषय बनेको छ । यो भिडियोमा बाइडेन विमानको सिँढी चढ्दै गर्दा लर्खराएको देख्न सकिन्छ ।
यो भिडियो सार्वजनिक भएपछि धेरैले बाइडेन बिरामी भएको हो कि भन्ने आशंका गरेका छन् । यद्यपि, ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केरिन जीन–पियरेले राष्ट्रपति शत प्रतिशत स्वस्थ भएको जानकारी दिएकी छिन् । सिँढीमा गलत कदम परेका कारण त्यस्तो भएको उनले बताइन् ।
https://twitter.com/Breaking911/status/1372946685328957442
भिडियोमा देख्न सकिन्छ कि अमेरिकी राष्ट्रपति विमानको सिँढीमा तीनपटक लड्छन् । यद्यपि, उनले आफूले आफैंलाई सम्हालेका छन् ।
राष्ट्रपति जो बाइडेन शुक्रबार एटलान्टाको भ्रमणमा जाँदै थिए । त्यहाँ उनले एशियाली–अमेरिकी समुदायका नेतासँग भेट गर्ने कार्यक्रम थियो । एटलान्टा जानका लागि उनी एयरफोर्स वनको सिँढी चढ्दै गर्दा उनको सन्तुलन बिग्रियो र उनी लर्खराए । त्यसपछि उनी सिँढीको रेलिङ समातेर उक्लन्छन् । सिँढी माथि पुगेपछि बाइडेन स्यालुट गर्दै विमानभित्र पस्छन् ।
सम्बन्धित खबर
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते