पोखरा – केही समय कोरोना संक्रमणको दर स्थिर रहेको गण्डकीमा शुक्रबार एकैपटक ठूलो संख्यामा संक्रमित फेला परेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकी तीन जिल्ला कास्की, बाग्लुङ र स्याङ्गजाका जम्मा २३० जनाको परीक्षणमा कास्कीको पोखरा महानगरका ४७ सहित बाग्लुङ जिल्लाका २ जना गरी थप ४९ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको छ । यो संगै, कास्कीमा मात्र कोरोना संक्रमितको संख्या ८०६८ पुगेको छ ।
आज पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ३ सय १० पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या पनि बढेर १८० पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट २२ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ९ सय २५ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा ज्यान गुमाउनेको संख्या २०५ पुगेको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ