बिहीबार पोखराका ८० जनाको परीक्षण गर्दा १२ जनामा कोरोना पुष्टि

बिहीबार पोखराका ८० जनाको परीक्षण गर्दा १२ जनामा कोरोना पुष्टि

corona covidd

पोखरा – बिहीबार गण्डकीका दुई जिल्ला कास्की र बाग्लुङका १४ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार बिहीबार कास्कीका ८० जना र बाग्लुङ जिल्लाका २७ जना गरी कूल १०७ जनामा गरिएको स्वाब परीक्षणमा पोखरा महानगरका १२ सहित बाग्लुङ जिल्लाका २ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमितको जम्मा संख्या १६ हजार २ सय ६१ पुगेको छ। जसमा १५३ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ११ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १५ हजार ९ सय ३ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०५ जनाले ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds