कास्कीको नयाँपुलमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु

कास्कीको नयाँपुलमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु

bike accident

कास्की –  कास्कीको नयाँपुलमा जिप र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ ।

मंगलबार साँझ अन्दाजी ६ बजेको समयमा नयाँपुलस्थित पोखरा – बाग्लुङ सडकखण्डमा पर्वतबाट काँडेतर्फ आउंदै गरेको ग १ ज ६९५० नम्वरको जिप र विपरित दिशातर्फ जाँदै गरेको ध २ प १११९ नम्वरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलको पछाडि सवार कास्की अन्नपूर्ण गाउँपालिका -६ हाईजुङ बस्ने १७ वर्षीय विश्व नेपालीको मृत्यु भएको प्रदेश प्रहरी कार्यलय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते नेपालीलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल ल्याईएपनि उपचारका क्रममा बुधबार बिहान ८ :२५ बजे मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक नयाँपुल डेरा गरी बस्ने १८ वर्षीय महमद समिनको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था गम्भीर छ ।

घटनास्थलमा खटिएको प्रहरीको टोलीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ