गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडाैं- नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसद झपट रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा गरेका बैठक एमालेको नभई ‘बा-माले’को भएको आरोप लगाएका छन्।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्षसँग गरेको छलफललाई आफ्ना केन्द्रीय सदस्य र सांसदलाई नेपाल पक्षले जानकारी गराएको थियो। नयाँ बानेश्वरस्थित एक होटलमा भएको ब्रीफिङपछि निस्किएका सांसद रावलले भने, ‘बालुवाटारमा बसेको बैठकको जानकारी मलाई हुनुपर्ने हो। म केन्द्रीय सदस्य हुँ। बालुवाटार बैठक बसेको मैले थाहा पाइनँ।’
पदाधिकारी र वरिष्ठ नेताहरुलाई समेत बालुवाटारमा बैठक बस्ने जानकारी नदिइएको उनले बताए। पदाधिकारीमा जम्मा तीन जनाले मात्रै थाहा पाएको बैठक आधिकारिक हुन नसक्ने उनको जिकीर छ।
केन्द्रीय सदस्यहरुको पूर्ण बैठक नभएकाले त्यसलाई आधिकारिक बैठक नभएको उल्लेख गर्दै उनले भने, ‘प्रधानमन्त्रीले गरेका निर्णय नेकपा एमालेले चिन्दैन। विधानले नचिनेको कुरालाई कसले कहाँ के गर्यो त्यसको अर्थै रहँदैन।’
सम्बन्धित खबर
गण्डकी सरकार सञ्चालनका लागि बन्यो कांग्रेस-एमालेको संयन्त्र
दीपक मनाङे डिल्लीबजार कारागार चलान
बयानपछि बार्दलीबाट रविले भने- खोरमा थुँनिदैमा बाघ स्याल हुँदैन
रवि लामिछानेलाई रुपन्देही सरकारी वकिलको कार्यालय लगेर थालियो बयान
बुटवल लैजानुअघि रवि लामिछानेलाई भेट्न हिरासत पुगे डीपी, स्वर्णिम र मनिष
रवि लामिछानेलाई भोलि बुटवल लगिँदै
यो पनि पढौँ
सत्रकिलो बस दुर्घटनामा पोखरा बस्ने एकसहित ५ जनाको मृत्यु, एक गम्भीर [अपडेट]
बागलुङमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
पोखरामा स्कुटर दुर्घटना हुँदा मौसमको मृत्यु, भीरमा अड्किएको अवस्थामा भेटियो
बागलुङ जीप दुर्घटना [अपडेट]: मृत्यु हुनेहरुको पहिचान खुल्यो