पोखरातर्फ बसमा आउँदै गर्दा दमौलीमा महिला बेहोस, उपचारका क्रममा मृत्यु

पोखरातर्फ बसमा आउँदै गर्दा दमौलीमा महिला बेहोस, उपचारका क्रममा मृत्यु

death_edited-1

काकडभिट्टाबाट पोखरा तर्फ आउँदै गरेको बसमा चढेकी महिलाको मृत्यु भएको छ ।

ग १ ख ९३६८ नं.को बसमा यात्रा गरी आएकी संखुवासभा सिद्धपोखरी घर भई हाल पोखरा महानगरपालिका ५ पर्स्याङमा ज्याला मजदुरी गरी बस्ने ४२ बर्षिया जमुना राईको मृत्यु भएको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी मोहन प्रसाद पोखरेलका अनुसार तनहुँको दमौली क्षेत्रमा आई पुग्दा राई अचानक बेहोस भएकी थिइन् ।

त्यसपछि उनलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा आज बिहान ८ः५० बजे मृत घोषणा गरेको हो । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds