कस्तो रहला आगामी तीन दिनको मौसम

कस्तो रहला आगामी तीन दिनको मौसम

mausam

जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकभर पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भभागहरुको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मंगलबार र बुधबार पनि ठाउँठाउँमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

चैत्र ०२ गते (सोमबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने छ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०३ गते (मंगलबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भेगका एक दुई स्थानमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश, वाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०४ गते (बुधबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ