नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा असिना पानीका कारण करीब रु दुई करोड बराबरको इँटा नष्ट भएको छ । गत बुधबार साँझ परेको असिनासहितको पानीले नवलपुरमा रहेको इँटा उद्योगमा रु एक करोड ८० बराबरको क्षति पुगेको छ ।
हावाहुरी, पानी र असिना परेका कारण पोल्ने अवस्थामा तयारी रहेका काँचा इँटामा क्षति भएको नवलपुर इँटा सङ्घका सचिव कृष्ण गौतमले जानकारी दिए । नवलपुरमा अहिले आठ इँटा उद्योग सञ्चालनमा छन् । सबै इँटा उद्योगमा गरेर पोल्नका लागि तयारी अवस्थामा रहेका ४० लाख काँचो इँटा नष्ट भएको उनले बताए ।
“हावाहुरीले चाङ पल्टाउने र पानी आउने एकैसाथ हुँदा क्षति बढी भयो”, केसी इँटा उद्योग कावासोतीका सञ्चालक अशोक केसीले भने, “पानीले गलाउथ्यो, अझ असिनाले त काँचो इँटामा प्वाल पारेर धेरै क्षति भयो ।”
जिल्लाका इँटा उद्योग रहेको स्थानको भू–बनावटका कारण बढी क्षति हुने गरेको नवलपुर इँटा सङ्घका सचिव गौतमले बताए । सबै इँटा उद्योगमा पानी जम्ने समस्याका कारण एक्कासी आउने पानीले बढी क्षति हुने गरेको उनले बताए ।
पोल्ने अवस्थामा तयरी रहेका काँचो इँटा नष्ट हुँदा वर्षेनी इँटा व्यवसायीले ठूलो क्षति भोग्नुपरेको उनले बताए । अन्य व्यवसायको बीमा भए पनि इँटाको बीमा नहुँदा क्षतिमा राहत पाउने अवस्था नभएको नवलपुर उद्योग सङ्घका अध्यक्षसमेत रहनुभएको गौतमले बताए । बीमा नीति बनाएर भए पनि व्यवसायीले भोग्नुपरेको क्षति न्यूनीकरणका लागि सरकारले पहल गर्नुपर्ने उनले बताए ।
पोल्नेको लागि तयार भएका इँटा पानीले नष्ट हँदा बजारमा इँटाको अभावसमेत हुने उनले बताए । यो समयमा इँटाको माग उच्च रहेका अवस्थामा पोल्नका लागि तयारी इँटा नष्ट हुँदा फेरि तयार गर्न समय लाग्ने उनले जानकारी दिए ।
नवलपुरमा नारायणी इँटा उद्योग, माता मनकामना इँटा उद्योग, केसी इँटा उद्योग, नेपाल इँटा उद्योग, कावासोती इँटा उद्योग, देवचुली इँटा उद्योग, मनोकामना इँटा उद्योग र कावा इँटा उद्योग सञ्चालनमा रहेका छन् ।
सम्बन्धित खबर
रविलाई पक्रन प्रहरी रास्वपा कार्यालयमा, स्थलमार्गबाट कास्की ल्याउने तयारी
पक्राउ पुर्जी जारीपछि रविले स्टाटसमा भने – अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौं
रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
प्रतिपक्षी दलको बैठक: रवि लामिछानेलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने
रविलाई पक्राउ गर्न लागिएको चर्चाले रास्वपाभित्र तरङ्ग, प्रतिपक्षी दलको बैठक बस्यो
आज र भोलि देशैभर भिटामिन र जुकाको औषधि खुवाइँदै
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना