माधव नेपालद्वारा समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी ?

माधव नेपालद्वारा समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी ?

Madhav-Nepal-and-Jhalanath-Khanal

फाइल फोटो

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय केन्द्रीय कमिटिको बैठकले समानान्तर कमिटि विस्तार गरेको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताहरुलाई पदच्युत गर्दै कमिटीहरु विस्तार गरेपछि माधव नेपाल पक्षले त्यसलाई काउन्टर गर्दै समानान्तर कमिटी विस्तार गरेको छ ।

जसअनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, प्रदेश ३ को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई, ५ र ६ को जिम्मा युवराज ज्ञवालीलाई र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ ।

त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ