मौसम पूर्वानुमानः चट्याङसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमानः चट्याङसहित वर्षाको सम्भावना

mausam

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज नेपालका केही स्थानमा सामान्य तथा आंशिक बदली हुने जनाएको छ ।

विभागका अनुसार हाल सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा छ ।

दिउँसो: सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशमा, बागमती प्रदेश र प्रदेश नं १का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

राती: देशभरी आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भूभागका एकरदुई स्थानमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ