मुगु — सवारी दुर्घटनामा सोरु गाउँपालिकाका कांग्रेसका नेता जयकर्ण मल्लको निधन भएको छ ।
बुधबार राति ९ बजेतिर बाँके कोहोलरस्थित पिपलचोकमा जेब्राक्रसिङबाट सडक पार गर्ने क्रममा भे १ क ११०० नम्बरको ट्रकले ठक्कर दिँदा ३७ वर्षीय मल्लको घटनास्थलमै निधन भएको कांग्रेस जिल्ला कार्यसमितिका पार्टी सभापति खड्गबहादुर शाहीले बताए ।
सोरु गाउँपालिका–११ धैनकोट गाउँ निवासी मल्ल एक जना बिरामी गाउँलेको उपचार गर्न नेपालगञ्ज झरेका बेला ट्रक दुर्घटनामा मृत्यु भएको शाहीले जनाए । चालक र ट्रक प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।
नेपाली कांग्रेस मुगु जिल्ला कार्यसमितिले एक वर्षअघि मल्ललाई सोरु गाउँपालिकाको सभापति चयन गरेको थियो ।
बिहीबार बिहान नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठकले ट्रक चालकलाई कडा कानुनी कारबाहीसहित क्षतिपूर्ति माग गर्ने निर्णय गरेको छ । १३ दिनसम्म पार्टी कार्यालयको झन्डा झुकाइने कांग्रेसले जनाएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम