सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेले देशभरका कार्यालयमा रहेको नेकपाको साइनबोर्ड हटाउन थालेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा पनि एमालेले आफ्नो साइनबोर्ड राखेको छ । अहिले एमालेले देशभरका आफ्ना कार्यालयहरूमा आफ्नो बोर्ड राखिरहेको छ ।
नेकपाको जिल्ला पार्टी कार्यालय शान्तिबनमा पनि नेकपा एमालेको बोर्ड राखिएको छ । नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, सचिव दामोदर बैरागी, प्रदेश सभा सदस्य राजिव पहारी लगायत एमाले नेता कार्यकताले बोर्ड राखेका हुन् । यो कार्यालय दुवै पार्टी एकीकरण हुनुअघि पनि नेकपा एमालेकै थियो ।
यस्तै, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को गण्डकी प्रदेश कार्यालयको पुरानो बोर्ड फालेर कार्यकर्ताले एमालेको बोर्ड टाँगेका छन् । पार्टी प्रदेश सचिव गोविन्द नेपालीले अब सबै जिल्लाहरुमा यसैगरी बोर्ड राखेर सर्वोच्चको फैसला कार्यान्वयन गरिने बताए ।
सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि देशभरका एमाले कार्यालयहरुमा बोर्ड राखिएको हो ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ