बारीबाट घर फर्किने क्रममा चितुवाको आक्रमणमा परी बालक घाइते 

बारीबाट घर फर्किने क्रममा चितुवाको आक्रमणमा परी बालक घाइते 

Chituwa Turlingkot Bhanu-3 Pic2

आइतबार साँझ तनहुँमा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छ ।

तनहुँको बन्दीपुर गाँउपालिका-१ कौशली छाप निवासी चन्द्रबहादुर चेपाङको ४ वर्षीय छोरा अपल चेपाङलाई चितुवाले आक्रकण गरेको हो ।

बारीबाट घर फर्किने क्रममा चितुवाको आक्रमणमा परी घाइते भएका बालकलाई उपचारका लागि डुम्रेस्थित लक्ष्मी अस्पताल लगिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ