धनगढी । आपसी पर्यटकीय लाभका लागि धनगढी र कंचनपुरका व्यबसायी पोखराका पर्यटन व्यबसायीसँग सहकार्य गरेर अगाडि बढ्न तयार देखिएका छन् ।
जाउँ है पोखरा अभियान अन्तरगत संचालित आन्तरिक पर्यटन पुन:उत्थान तथा पर्यटन प्रबर्द्धन कार्यक्रमका अवसरमा पोखरा र यहाँका व्यबसायीहरु पर्यटनबाट लाभ लिन मिलेर अघि बढ्न तयार भएका हुन् ।
यसका लागि सबै भन्दा पहिला नेपाल भारत सिमा नाका खोल्नुपर्ने माग ब्यवसायीको छ । कोभिड- १९ का कारण लामो समय देखि भारतसँगको सिमा नाका बन्द हुँदा भारतीय पर्यटक चाहेर पनि नेपाल भ्रमण गर्न पाएका छैनन् । पश्चिमका व्यबसायीहरुले यहाँबाट सहज रुपमा भारतीय र नेपाली पर्यटक पोखरा पुर्याउने र पोखरेली व्यबसायीले विदेशी तथा स्वदेशी पर्यटक यता पठाउने प्रस्तावमा समेत चर्चा गरिएको थियो ।
यसका लागि व्यबसायीले कनेक्टिभिटीमा जोड दिएका छन् । पोखरासम्म सिधा बस र हवाई सेवा भए पर्यटक आउजाउमा सहज हुने उनीहरुको भनाई छ । यही फागुन ७ गतेदेखि पोखरा नेपालगंज रुटमा सीता एयरले हप्तामा दुई दिन चार्टर्ड उडान थालेको छ । यस्तै उडान धनगढीबाट सुरु गर्न पहल गरिने व्यबसायीले बताएका छन् । नाका खुले बुद्ध एयरले पनि त्यस्तो उडान थाल्ने आश्वासन सुनाएको छ ।
धनगढीमा आयोजित कार्यक्रममा बोल्दै आयोजक पश्चिमान्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले पश्चिम नेपाल र पोखरा विच हवाई सेवा विस्तार र नियमित गर्न निजी क्षेत्रले पहल अगाडि बढाउनु पर्ने बताए । कोभीड- १९ बाट थला परेको पर्यटनलाई जगाउन पश्चिम नेपालमा प्रबर्द्धन कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए। झण्डै तीन महिना अघि संघले पूर्वी नेपालका विभिन्न शहरमा पनि यस्तै प्रबर्द्धन कार्यक्रम आयोजना गरेको थियो । संघको सल्लाहकार समितिका संयोजक हरि शर्मा गैह्रेले आन्तरिक पर्यटकको महत्व सरकारले बल्ल बुझ्न थालेको भन्दै पर्यटनलाई अगाडि बढाउन ब्यवसायी विच सहकार्य जरुरी भएको बताए । व्यबसायी विच सम्बन्ध विस्तार र कनेक्टिभिटीमा जोड दिन आफूहरुले कार्यक्रम लिएर आएको संघका निवर्तमान अध्यक्ष एबं होटल संघ नेपालका सदश्य भरतराज पराजुलीले जानकारी दिए ।
होटल व्यबसायी संघ धनगढीका अध्यक्ष कलम बमले सिमा नाका खोल्ने विषयलाई प्राथमिकता दिनु पर्ने भनाई राखे । कैलाली उद्धोग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले निजी क्षेत्रले सरकारको मात्र मुख ताकेर बस्न नहुने बताए ।
प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई सुदुर पश्चिमका प्रमुख भोजराज पाठकले हवाई र सडक यातायात पर्यटनका लागि उत्तिकै आवश्यक पर्ने बताए । कन्चन्पुरमा आयोजित कार्यक्रममा होटल व्यबसायी महांघका पर्यटन सचिव एबं पर्यटन पुन:उत्थान समितिका सह-संयोजक परमानन्द भण्डारीले पर्यटन विकासका लागि प्याकेजहरु बनाएर अगाडि बढ्नु पर्ने सुझाव राखे । होटल व्यबसायी संघ कन्चनपुर अध्यक्ष जगदीशचन्द्र भट्टले शुक्लाफाँटलगायत पर्यटकीय सम्पदाले यस क्षेत्रको महत्व बढाएको बताए ।
उद्धोग वाणिज्य संघ कंचनपुरका उपाध्यक्ष हेमराज जोशी, पत्रकार मोहन विष्ट लगायतले कार्यक्रममा भनाई राखेका थिए । नेपाल पर्यटन बोर्डको प्रबर्द्धनमा संचालित चार दिने प्रबर्द्धन कार्यक्रम सोमबार सकिंदैछ । कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदश्य विप्लव पौडेलको पनि उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन पश्चिमान्चल होटल संघका महासचिव गणेशराज पहारीले गरेका थिए ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते