जापानको टोकियो क्षेत्रमा संकटकालको अवधिलाई पुनः थप गरिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले शुक्रवार टोकियो महानगर क्षेत्रमा संकटकालको अवधि थप गरिएको घोषणा गरेका हुन्।
संकटकाल आगामी मार्च २१ सम्मका लागि थप गरिएको प्रधानमन्त्री सुगाले जानकारी दिए । कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले संकटकालको अवधि थप्नु परेको उनको भनाइ छ ।
टोकियोमा गतजनवरीमा संकटकालको घोषणा भएयता दोस्रो पटक म्याद थपिएको हो। स्वास्थ्य विज्ञ तथा स्थानीय सरकारी अधिकारीहरुले महामारी अझ बढी फैलिने खतरा रहेकाले संकटकाल लम्ब्याउनु पर्नेमा जोड दिँदै आएका थिए।
राजधानी टोकियोसँगै आसपासका कनगवा, चिबा र सैताममा पनि संकटकाल लम्बिने उनले बताए। कोरोना महामारी व्यवस्थापनका लागि गठित ‘टास्क फोर्स’सँगको परामर्शका आधारमा संकटकाल लम्ब्याउने निर्णय भएको बताइएको छ।
सम्बन्धित खबर
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते