वृद्धभत्ता केही समयभित्रै महिनाको ५ हजार पुर्‍याउँछु : केपी ओली

वृद्धभत्ता केही समयभित्रै महिनाको ५ हजार पुर्‍याउँछु : केपी ओली

kp oli pokhara

प्रधानमन्त्री केपी शर्मा ओलीले ५१ सालबाट एक सय रुपैयाँमा सुरु गरेको वृद्धभत्ता केही समयमा ५ हजार पुर्‍याउने प्रतिबद्धता जाहेर गरेका छन्।

सुनकोशी-मरिन डाइभर्सन केन्द्र सिन्धुलीमा शिलान्यास गर्दै उनले भने, ‘हामीले ०५१ सालबाट वृद्धभत्ता एक सयबाट सुरु गरेका थियौँ। अहिले तीन हजार पुगेको छ। केही समयमै ५ हजार पुर्याउछौँ।’

उनले वृद्धभत्तासँगै अन्य सामाजिक सुरक्षा भत्ताको समेत वृद्धि गर्ने बताए। देशको राजनीतिक अवस्थालाई लिएर प्रचण्ड–माधव पक्षलाई लक्षित गर्दै उनले पिलो निचोरिँदैमा ओजन नघट्ने बताए। अहिलको कम्युनिस्ट आन्दोलन देश समृद्ध बनाउनेतर्फ केन्द्रित भएको उनको भनाई छ।

उनले सरकारले उल्लेख्य प्रगति गरेको भन्दै देश विकासको लहर चलेको सुनाए। जनताको सरकार भएकाले देश बनाउन केन्द्रित भएको दाबी गरे।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ