‘विप्लव’ समूहमाथिको प्रतिबन्ध हट्यो, तीन बुँदे सहमति

‘विप्लव’ समूहमाथिको प्रतिबन्ध हट्यो, तीन बुँदे सहमति

biplab and sarkar

सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ । बिहीबार सरकार र विप्लव समूहको नेकपाबीच तीन बुँदे सहमति भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए । अब सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको छ भने विप्लव समूहले पनि मूलधारमा आउने भएको छ ।

सहमति अनुसार नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकार तर्फबाट लागइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई र मुद्दा खारेजी लगायतका विषय रहेका छन् ।

सहमतिको विस्तृत विवरण भोलि दिउँसो २ बजे विशेष समारोहबीच सार्वजनि गरिने जनाइएको छ ।   समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीकातर्फबाट महासचिव ‘विप्लव’ले सम्बोधन गर्ने जनाइएको छ । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds