फेरि ५० लाख डोज कोभिडविरुद्धकाे खोप किन्दै सरकार

फेरि ५० लाख डोज कोभिडविरुद्धकाे खोप किन्दै सरकार

khop nepal ma

सरकारले थप ५० लाख डोज कोभिड–१९ विरुद्धको खोप खरिदको प्रक्रिया सुरु गरेको जनाएको छ ।

मंगलबार प्रतिनिधिसभाकोे शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा कोभिड खोप अभियानको सम्बन्धमा भएको छलफलमा सचिव अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नको लागि प्रक्रिया सुरु गरेको जानकारी दिए ।

हाल मन्त्रालयसँग रहेको खोप र बाँकी १ करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने अर्यालले जानकारी दिए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्र रमन सिंहले ३ लाख डोज खोप यहि हप्ताभित्र आउने र थप १० लाख खोप १५ दिनभित्र आउने जानकारी दिनुभयो । तर, एकैचोटी करोडको संख्यामा खोप आएमा राख्ने ठाउँको अभाव हुन सक्ने उनको भनाइ थियो ।

स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले कोभिड विरुद्धको खोपका कारण गम्भीर प्रकृतिका असरहरू देखा नपरेको जानकारी दिनुभयो । उहाँले खोप स्तनपान गराइरहेका आमाहरूलाई पनि दिन मिल्ने बताए ।

१८ वर्ष मुनिका बालबालिकाको उमेर समूहमा अध्ययन भएर तथ्यांक नआएको हुनाले खोप नदिइने डा. गौतमको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ