मंगलबार पोखराका ११ जनामा कोरोना पुष्टि

मंगलबार पोखराका ११ जनामा कोरोना पुष्टि

155532835_247038200427772_2418766412992971297_n

पोखरा – मंगलबार पोखराका ११ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी आजको विज्ञप्ति अनुसार आज गण्डकीका ६ जिल्लाका १६० जनामा गरिएको परीक्षणमा पोखरा महानगरका ११ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ७० पुगेको छ । जसमा २१७ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट १४ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ६ सय ४५ पुगेको छ, भने संक्रमणकै कारण अहिलेसम्म २०५ जनाले ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds