दोभान बजार तत्काल पुनर्निर्माण गर्छौं, पीडितलाई राहत दिन्छौं : प्रधानमन्त्री

दोभान बजार तत्काल पुनर्निर्माण गर्छौं, पीडितलाई राहत दिन्छौं : प्रधानमन्त्री

kp-sharma-oli

प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको दोभान बजारमा राहत दिन र पुनर्निर्माणको लागि सरकार तत्काल लाग्ने बताएका छन् ।

दोभान बजारमा भएको आगलागीबाट क्षति पुगेकोप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले तत्काल राहत दिने र पुर्ननिर्माणको काम अघि बढाउने बताएका हुन् ।  दोभान बजारमा आगलागी हुँदा ४९ घर जलेको प्रहरीको भनाइ छ ।

मंगलबार बिहान मोरङमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘राहत उपलब्ध गराउने र पुनर्निर्माण गर्ने कुरामा सरकार तत्काल लाग्छ र जनताको समस्या तत्काल समाधान गर्छ ।’ उनले प्रदेश १ का मुख्यमन्त्रीले यो कुराको समन्वय गर्ने र सरकारले भरपर्दो समन्वय गर्ने वचन दिए ।

आगो नियन्त्रणमा आइसकेको र सुरक्षाकर्मीले उद्धारको काम गरेको प्रधानमन्त्रीले बताए । ‘मलाई अत्यन्त दुःख लागेको छ, हाम्रा बस्तीहरु जल्नु ज्यादै दुःखको कुरा हो,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा सुरक्षाकर्मीहरु त्यहाँ पुगिसकेका छन् । उद्धार गर्ने कामहरु गरिसकेका छन् ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ