जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तागत आफूहरुसँग नभएको बताएका छन्।
मंगलबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा नेता महतोले ओलीलाई हटाउने तागत उनकै पार्टी नेकपालाई मात्रै रहेको बताए। प्रतिपक्षमा रहेका काँग्रेस र जसपा मिल्दा पनि नेकपाले निर्णय नगरेसम्म कम्युनिष्ट सरकारको विकल्प तयार नहुने उनको भनाइ छ।
‘काँग्रेस र जसपा मिलेर पनि हाम्रो बहुमत पुग्दैन। ओलीलाई प्रधानमन्त्रीबाट हटाउने नेकपाले नै होु, नेता महतोले भने, अहिले पनि ओलीजी पार्टी अध्यक्ष र संसदीय दलको नेता हुनुहुन्छ। खोइ त हटाएको? हटाउन सक्नुपर्यो नि? दुनियाँलाई झुक्याउने काम भइरहेको छ।’
अहिलेसम्म नेकपा एक रहेको र कानुनी रुपमा नफुटेसम्म बैकल्पिक सरकारका लागि कुनै छलफल आवश्यकता नभएको महतोको भनाइ छ। अस्ति प्रचण्डजीले छलफलमा बोलाउनुभएको थियो। संसद र सरकारमा मिलेर जाने सिधा प्रस्ताव राख्नुभयो, महतोले भने, मैले सुरुमै तपाइँहरु कुन पार्टीको भनेर सोधेँ।’
कम्युनिष्ट र काँग्रेसका नेतामा नैतिकताको खडेरी रहेको उनले बताए। ‘राजीनामा माग्ने कुरा होइन, अनुभूति गरेर स्वतः दिने कुरा हो। उनले भने, केपी ओलीमा पनि नैतिकता भएको भए पद छोड्थे।’आफ्ना मुद्दाहरु थाति राखेर आफूहरु सरकारमा नजाने महतोले बताए।
सम्बन्धित खबर
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान
आजको मौसम पूर्वानुमान
राउटे युवक वृषबहादुरको मृत्यु, जनसङ्ख्या १३४ मा झर्यो
संविधान संशोधनमा कांग्रेस-एमाले गम्भीर बने हामी पनि भाग्दैनौँ : प्रचण्ड [अन्तर्वार्ता]
संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ: प्रधानमन्त्री ओली
आजदेखि धरहरा चढ्न पाइने, हाललाई प्रवेश निःशुल्क
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग