कोमल वली रघुजी पन्तविरुद्ध अदालत जाने

कोमल वली रघुजी पन्तविरुद्ध अदालत जाने

komal oli ragu pant

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की राष्ट्रियसभा सांसद कोमल वली नेकपाकै नेता रघुजी पन्तविरुद्ध कानूनी प्रक्रियामा जाने भएकी छिन् ।

नेकपाको ओली समूहकी नेतृ वलीलाई केही दिनअघि प्रचण्ड–नेपाल समूहका नेता पन्तले ‘महिला नेतृहरु पिंडुला देखाएर पदमा पुग्न सफल भएको’ भनी अभिव्यक्ति दिएपछि अहिले पन्तमाथि महिलाहरुको आक्रोश छ ।

वलीले अदालतमा मुद्दा दायर गर्ने बताएकी छन् ।

जिल्लाले सिफारिस गरेर राष्ट्रिय सभा सदस्य बनेको उनको दावी छ ।

प्रदेश कमिटीले गरेको नाम सिफारिसलाई स्थायी कमिटीले अनुमोदन गरेपछि सांसद बनेको उनको भनाइ छ ।

उनले भनेकी छिन्–‘केपी ओलीले टपक्क टिपेर मलाई सांसद बनाउनु भएको होइन । अर्को कुरा केपी ओलीले सबै कार्यकर्तालाई माया नै गर्नुहुन्छ । त्यसमध्येको म पनि एउटा पर्छु।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ