पोखरा – सोमबार पोखराका १५ सहित गण्डकीमा थप १८ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका ५ जिल्लाका १७५ जनाको संकलित स्वाब परीक्षण गरिएकोमा कास्कीको पोखरा महानगरका १५ सहित, लमजुङका १ र म्याग्दी जिल्लाका २ जनाको रिपोर्ट कोरोना पोजेटिभ हो ।
आज कास्कीका १०५ जना, लमजुङका १६ जना, स्याङ्गजाका १६ जना, नवलपुरका २९ जना र म्याग्दीका ९ जनाको स्वाब परीक्षण गरिएको निर्देशनालयले जनाएको छ ।
आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ५९ पुगेको छ, जसमा २२० सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट २८ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ६ सय ३४ पुगेको छ, भने संक्रमणकै कारण गण्डकीमा हालसम्म २०५ जनाले ज्यान गुमाईसकेका छन् ।
सम्बन्धित खबर
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम