बालबालिकालाई यातना दिएको आरोपमा कास्कीको मादीबाट एक जना पक्राउ बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रकाउ पर्नेमा कास्कीको मादी गाउँपालिका ६ का ४५ वर्षीय इन्द्रबहादुर थापालाई प्रकाउ गरेको हो । बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बताए ।
कमजोर आर्थिक अवस्था भएका अभिभावकहरूका बालबालिकालाई निःशुल्क खान बस्ने व्यवस्था गरी स्कूलमा पढाउने आश्वासन दिएर ल्याएका बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको आरोपमा पक्राउ गरिएको हमालले बताए । उनलाई वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
बालबालिकालाई हाल सिविन नेपाल संस्थामा राखेर घर, ठेगाना र अभिभावकको खोजीकार्य भइरहेको प्रवक्ता हमालले बताए ।
थापालाई बालबालिका सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी हमालले बताए ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ