कास्कीको हंसपुरमा खानेपानीको हाहाकार, रुपा गाउँपालिकालाई समस्या

कास्कीको हंसपुरमा खानेपानीको हाहाकार, रुपा गाउँपालिकालाई समस्या

hamsapur village

गौरव त्रिपाठी  पोखरा, ७ चैत / कास्कीको रुपा गाउँपालिका वडा नम्वर ७ हंसपुरमा खानेपानीको चरम अभाव भएको छ । १२ सय ७५ घर दुरी रहेको वडामा कालीपधँेरी र रिस्ठे कुवाको पानी हिउँद महिनामा सुके पछि रामकोट, डिस्टा गाउँ र मगर गाउँमा खाने पानीको अभाव भएको कुर्लुङ जल उपभोक्ता समितिका सचिव कृष्णमणि सुवेदीले बताए ।

तीन ठाउँबाट खानेपानी लिफ्टिङ गर्ने गरेको भएपनि कुर्लुङ खोलोको पानीले करिब पाँच सय घरधुरीलाई मात्र पानी पुग्ने गरेको छ । पानी पम्पिङ गर्ने मेसिन बिग्रेकाले खानेपानीको समस्या परेको महिना दिन भएको सुवेदीको भनाई छ ।

गाउँपालिकाको १५ लाख सहयोगमा नयाँ मेसीन खरीद प्रक्रियामा रहेको कुर्लुङ जल उपभोक्ता समितिका अध्यक्ष भोजराज सुवेदीले जानकारी दिए । ‘१२ सय मिटर तल खोलाबाट पानी तान्नुपर्छ । मेसिन बिग्रेर हैरान भएका छाँै । दश घरको एक ट्याङकी ४२ वटा स्टोर ट्याङकीबाट मासिक एक सय २० रुपैंया उपभोक्तावाट रकम उठाएर संचालन गर्दै आएका छौं ।’-सुवेदीले भने ।

मादी गाउँपालिकाको सिक्लेसमा ७२ किलोमिटर टाढा रहेको थाक खानेपानी आयोजनाले गाउँमा छिटफुट मात्रामा मात्र पाउने आउने गरेको छ । ‘बिहान ४ बजे उठेर खानेपानी लिन जानुपर्छ । नत्रभने पानी नै पाइदँैन । गाइबस्तु पाल्न समेत धौ धौ पर्न थालेको छ ।’ स्थानीय गंगा थापा दुखेसो पोखिन् ।

स्वास्थ्य चौकीमा समेत एक गाग्री पानी ल्याउन दुई घण्टा भन्दा बढी लाग्ने गरेको र पानीको अभावकै कारण गुणस्तरीय सेवा दिन गाह्रो परेको स्वास्थ्य चौकी प्रमुख बिष्णुप्रसाद घिमिरे बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds