आइतबार पोखराका २५ सहित गण्डकीमा थप २९ जनामा कोरोना पुष्टि,३१ जना कोरोनामुक्त 

आइतबार पोखराका २५ सहित गण्डकीमा थप २९ जनामा कोरोना पुष्टि,३१ जना कोरोनामुक्त 

154309935_130678692283317_612767763521744421_n

पोखरा – आइतबार पोखराका २५ सहित गण्डकीमा थप २९ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गण्डकीका ३०१ जनाको स्वाब परीक्षण गरिएकोमा थप २९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ५ जिल्लाका छन् । जस अन्तर्गत कास्कीको पोखरा महानगरमा २५ जना, लमजुङमा १ जना, नवलपुरमा १ जना, पर्वतमा १ जना र म्याग्दी जिल्लाका १ जनाको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ४१ पुगेको छ । जसमा सक्रिय संक्रमित २३० छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट ३१ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या १५ हजार ६ सय ६ पुगेको छ भने संक्रमणकै कारण गण्डकीमा हालसम्म २०५ जनाले ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds